पञ्चायत मावि गोठगाउँमा आधुनिक शैक्षिक भवन बनाउन भारतीय दूतावासले सहयोग गर्ने

गोठगाउँः सुन्दरहरैंचा ७ मा रहेको श्री पञ्चायत माध्यमिक विद्यालयमा नयाँ शैक्षिक भवन बन्ने भएको छ । सो भवन निर्माणका लागि भारतीय राजदूतावासले सहयोग गर्ने भएको छ ।

भवन निर्माण सम्बन्धी सम्झौतामा त्रिपक्षीय हस्ताक्षर भएको छ । सुन्दरहरैंचा नगरपालिका, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदुतावासबीच सम्झौता भई हस्ताक्षर भएको हो । ४ करोड ३३ लाखको लागतमा भवन निर्माण हुने भएको हो ।

हस्ताक्षर भएको मितिबाट १५ महिनामा भवन निर्माण गरिसक्ने जनाइएको छ । असोज ११ गते शुक्रबार सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाई, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पोष्टकुमार श्रेष्ठ र भारतीय दुतावासका प्रतिनिधिबीच संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हस्ताक्षर भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top