अमेरिका र ब्रिटेनका ३ अर्थशास्त्रीले पाउने भए यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौंः अमेरिका र ब्रिटेनका ३ अर्थशास्त्रीलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । उनीहरुले गरिब देशहरु वर्षौसम्म झन गरिब र धनी देशहरु दिनप्रतिदिन झन धनी कसरी भइरहेका छन् भनेर अनुसन्धान गरेको बताइएको छ ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार डारोन एसोमोग्लु, साइमन जोन्सन र जेम्स ए रोविन्नसनले सयुक्त रुपमा पाउने भएका हुन् । टर्कीमा जन्मिएका डेरन एसोमोग्लु अमेरिकी नागरिक, ब्रिटेनमा जन्मिएका साइमन जोनसोन अमेरिकी नागरिक र जेम्स ए रोबिनसन ब्रिटेनका नागरिक हुन् । एसमोग्लु र जोन्सन अमेरिकाकाको एमआईटीका प्राध्यपक हुन् भने रोविन्सन शिकागो विश्वविद्यालयका प्राध्यपक हुन् ।

यी अर्थशास्त्रीहरुले विशेषगरी युरोपेली उपनिवेशको प्रभावमा केन्द्रित भएर अध्ययन गरेका छन् । त्यसले अपेक्षाकृत धनी देशहरुलाई गरिब बनाउने खालको प्रणाली विकास गरेको देखाएको छ । कुनै पनि संस्थाको स्थापना र त्यसले समृद्धिमा कस्तो प्रभाव पार्छन् भन्ने अध्ययनलाई पुरस्कृत गरिएको हो । यी अर्थशास्त्रीहरुले अलग–अलग राजनीतिक र सामाजिक संस्थाहरु बन्ने र उसको समाजिक विकासमा पर्ने असरका बारेमा अनुसन्धान गरेका थिए । उनीहरुले राजनीतिक संस्थाहरुले समाजमा पार्ने ३ तरिकाको असरका बारेमा सुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top