दशैंपछिको पहिलो कारोबारमा सुन र चाँदी दुवैको बढ्यो भाउ

विराटचोकः दशैंपछिको पहिलो कारोबार दिन आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६० हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९२५ रुपैयाँ निर्धारण भएको छ ।

दशैंअघिको अन्तिम कारोबार दिन असोज २३ गते सुनको भाउ तोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top