दशैंपछिको पहिलो शेयर कारोबारमा साढे ३१ अंकको वृद्धि

विराटचोकः दशैंको बिदापछि आज पहिलो दिन खुलेको शेयर बजार ३१ दशमलव ४८ अंकले बढेर २६९९ दशमलव ६६ अंकमा अडिएको छ ।

आज ३०७ कम्पनीको ३५ हजार ६४८ पटकको कारोबारमा ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार ७९९ रुपैयाँको शेयर कारोबार भएको छ ।

आज गुडविल फाइनान्स, नेपाल फाइनान्स, हिमाल रिइन्स्योरेन्स, सिइडीबी हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् । बजार बढेसँगै जानकी फाइनान्स र मिथिला लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । बजार बढेपछि मिड सोलु हाइड्रोको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४२ खर्ब ९२ अर्ब ७२ करोड ४७ लाख ७१ हजार ३०२ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top