५ अंकले बढेको प्रि ओपनमा २३ लाख ४१ हजार रुपैयाँको कारोबार

विराटचोकः आज प्रि ओपन सेसनमा नेप्से ५ दशमलव १२ अंकले बढेर २७०४ दशमलव ७९ मा बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ४१ कम्पनीको कारोबार हुँदा २७ कम्पनीको मूल्य बढेको छ, ३ कम्पनीको मूल्य स्थिर रहेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ ।

६६ पटकको कारोबारमा ४ हजार ३९१ कित्ता शेयर कारोबार हुँदा २३ लाख ४१ हजार ८९४ रुपैयाँको कारोबार भएको छ । लिबर्टी इनर्जीको सबैभन्दा धेरै ६ लाख ८० हजार ७९५ रुपैयाँको शेयर कारोबार भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top