असोजको अन्तिम दिन सबै समूहमा हरियाली, नेप्से पुग्यो २७४२ दशमलव ८८ अङ्कमा

विराटचोकः असोज महिनाको अन्तिम दिन आज शेयर बजार सूचक ४३ दशमलव २२ अङ्क अर्थात् १ दशमलव ६० प्रतिशत बढेर २ हजार ७४२ दशमलव ८८ बिन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृत सबै समूहको सूचकमा हरियाली छाएको हो ।

आज ३२० वटा कम्पनीको ६५ हजार ८४५ पटकको कारोबारमा १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६६ करोड २ लाख ३७ हजार ७ सय ३७ रुपैयाँ पुगेको छ ।

आज व्यापार समूहमा सर्वाधिक ३ दशमलव ४४ प्रतिशतले बढ्दा नेपाल फाइनान्सको सर्वाधिक १५ करोड ९ लाख ५० हजार ३९७ रुपैयाँको शेयर किनबेच भएको छ ।

आज विजय लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै अर्थात् ९ दशमलव ३३ प्रतिशतले बढ्दा इष्टर्न हाईड्रोपावरको शेयरमूल्य ९ दशमलव २४ प्रतिशतले बढेको छ । बजार बढे पनि अपर स्याङ्गे हाईड्रोपावरको शेयरमूल्य १० प्रतिशतले झरेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ६१ अर्ब ४५ करोड ३२ लाख १४ हजार ८९९ रुपैयाँ कायम भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top