बंगालको खाडीमा शक्तिशाली चक्रवात आउने भएपछि भारतमा अपनाइयो उच्च सतर्कता

विराटचोकः बंगालको खाडीमा शक्तिशाली चक्रवाती तुफान विकसित भएको छ । ‘दाना’ नाम दिइएको यो तुफान १२० किलोमिटर प्रतिघण्टाको वेगमा अघि बढेको छ ।

भारतको मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेपछि पश्चिम बंगाल र उडिसा सरकारले सम्भावित जोखिम क्षेत्रका ३ लाख जनालाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

एक सयभन्दा बढी रेलको सेवा स्थगित गरिएको तथा शैक्षिक संस्थालाई भोलिसम्म बन्द गर्नुका साथै कर्मचारी, चिकित्सक र स्वास्थ्यकर्मीहरुको बिदा रद्द गरिएको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top