विद्युत प्राधिकरणले काट्यो उद्योगको लाइन

काठमाडौंंः डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको छ । बिहीबार साँझ ८ बजेदेखि प्राधिकरणले उद्योगको लाइन काट्न थालेको हो ।

अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, बाबा जुट मिललगायतको लाइन काटिएको बताइएको छ ।

कार्यकारी निर्देशक घिसिङले बिहीबार साँझ उर्जा मन्त्री दीपक खड्कालाई भेटेर लाइन नकाट्ने हो भने मन्त्रिपरिषद्ले निर्णय गरिदिनुपर्ने बताएका थिए ।

२४ असोजमा एक सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै कात्तिक ८ गतेसम्मको म्याद दिएको थियो ।

कात्तिक ८ भित्र बिजुलीको बक्यौता बुझाउन ४९ उद्योगलाई विद्युत प्राधिकरणको अनुरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top