दाना चक्रवातको प्रभावले कोशी प्रदेशमा सामान्य वर्षा हुने

काठमाडौंः बंगालको खाडीमा विकसित भएको ‘दाना’ नाम दिइएको चक्रवातको प्रत्यक्ष असर नेपालमा नपरे पनि आंशिक प्रभावले कोशी प्रदेशमा वर्षा हुने मौसमविद्ले जनाएका छन् ।

सो शक्तिशाली चक्रवात बिहीबार राति भारतको ओडिशा राज्यको जमिनमा बज्रिएको छ । ओडिशा र पश्चिम बंगालमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा गराउने भन्दै पूर्वसतर्कता अपनाइएको छ । प्रभावित क्षेत्रबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने उद्धार टोलीलाई उच्च सतर्कताका साथ राखिएको छ । हवाई र रेल सेवा स्थगित गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ ।

सो चक्रवातको सबैभन्दा बाहिरी घेराका हल्का बादलमात्र नेपालसम्म आउने मौसमविदले बताएका छन् । जसका कारण कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना हुनुका साथै मधेश र बागमती प्रदेशमा हल्का बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बंगालको खाडीमा शक्तिशाली चक्रवात आउने भएपछि भारतमा अपनाइयो उच्च सतर्कता

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top