दुई दिन बढेको शेयर बजारमा आज दोहोरो अंकको गिरावट

विराटचोकः लगातार दुई दिनमा गरी ७५ अङ्कले बढेको शेयर बजार सूचक नेप्सेमा आज दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव ५३ प्रतिशत अर्थात १४ दशमलव ४३ अंकले घटेर २ हजार ६७७ दशमलव ६२ अङ्कमा बन्द हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर ५९ हजार ६९८ पटक किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार ७८७ रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतिँदा आज होटल समूह सर्वाधिक २ दशमलव ५२ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह आज ० दशमलव ४९ र व्यापार समूह ० दशमलव ३२ प्रतिशतले बढेका छन् ।

आज लगानी समूह सर्वाधिक १ दशमलव ४१ प्रतिशतले घट्दा वित्त समूह १ दशमलव ०१ प्रतिशतले घटेको छ । आज बैंकिङ समूह ० दशमलव ७२ प्रतिशत, विकास बैंक ०.४३, जलविद्युत ०.३३, जीवन बीमा ०.९८, उत्पादन तथा प्रशोधन ०.९६, लघुवित्त ०.१४, म्युचुअल फण्ड ०.७२ र अन्य समूह ०.७४ प्रतिशतले घटेका छन् ।

आज सिईडिबि हाईड्रोको सर्वाधिक ३४ करोड १७ लाख ९७ हजार ५०५ रुपैयाँको शेयर किनबेच भएको छ । सानिमा जनरल इन्स्योरेन्सको २६ करोड ५ लाख र सोल्टी होटलको २० करोड ९८ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।

बजार घटे पनि ४ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । गुराँस लघुवित्त, मिड सोलु हाईड्रो, अपर स्याङ्गे हाईड्रो र कुथेली बुखरी स्मल हाईड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सानिमा जनरल इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ९ दशमलव ९२ प्रतिशतले बढेको छ ।

आज जानकी फाइनान्सको शेयरमूल्य सर्वाधिक ४ दशमलव ९० प्रतिशतले घट्दा लाइफ इन्स्योरेन्स कर्पाेरेशनको शेयरमूल्य ४ दशमलव ८० प्रतिशत घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४२ खर्ब ६० अर्ब ६ करोड ९७ लाख ४७ हजार २६६ रुपैयाँ कायम भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top