महिला फुटबल टिमलाई काठमाडौं महानगरद्वारा २७ लाख ५० हजार रुपैयाँसहित सम्मान

काठमाडौंः बुधबार राति भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली महिला फुटबल टोलीलाई बुधबार राति नै नगद २७ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । दशरथ रंगशालमा भएको फाइनलमा नेपाल बंगालदेशसँग २–१ ले पराजित भएको थियो ।

बुधबार खेल सकिनासाथ राती सोल्टी होटलमा कार्यकम गर्दै टोलीका खेलाडीलाई १ लाख नगद र सम्मान पत्रसहित महानगरले सम्मान गरेको हो ।

महानगरले नेपाली टिमका खेलाडी र अफिसियल सबैलाई गरेर २७ लाख ५० हजारबाट सम्मान गरेको जनाएको छ । तर सम्मान कार्यक्रममा भने २५ लाखको डेमो चेक प्रदान गरिएको थियो ।

महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोललगायतले खेलाडी र अफिसियललाई सम्मान गरेका थिए । कार्यक्रममा एन्फा अध्यक्ष पंकजविकम नेम्वाङ लगायत एन्फा पदाधिकारी पनि उपस्थित थिए ।

महानगरले २३ खेलाडी र टिम लिडर सरिला श्रेष्ठ मलेकु, टिम म्यानेजर बिन्द्रा देवान, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ, सहायक प्रशिक्षक भगवती थापा, गोलकिपिङ प्रशिक्षक विनोद महर्जन, टिम डक्टर ज्योती राई, फिजियो नविना श्रेष्ठ, पंकज बहादुर शाही, किट म्यानेजर विकास गुरुङलाई सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top