तिहारको मुख्य दिन आज भाइटीका, शुभ साइत बिहान ११ बजेर ३७ मिनेटमा

विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य तथा अन्तिम दिन आज भाइटीकाको दिन हो । आज दिदीबहिनीले आफ्ना दाजुभाईको दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाउने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ११ बजेर ३७ मिनेट जाँदा भाइटीकाको शुभ साइत रहेको छ । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ ।

राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउनुपर्ने र अन्य सर्वसाधारणले भने साइत पर्खिन आवश्यक नभएकाले शुभ साइत भन्दा अघि वा शुभ साइत पछि बेलुकैसम्म टीका लगाउन सकिने समितिले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top