अब साना कम्पनीको आईपीओ कम्तीमा १५० कित्ता भर्नुपर्ने व्यवस्था हुँदै

विराटचोकः साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली मस्यौदा अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद् पुगेको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि नियमावली लागु हुनेछ । अबदेखि साना तथा मझौला कम्पनीहरूको प्रथम सार्वजनिक निष्कासन (आईपीओ) कम्तीमा १ सय ५० कित्ता भर्नुपर्ने नियमावली मस्यौदामा समेटिएको छ ।

त्यस्तै बाँडफाँड गर्दा पनि न्यूनतम १ सय ५० कित्ता नै दिनुपर्ने व्यवस्था उल्लेख छ । हाल न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने र न्यूनतम १० कित्ता नै बाँडफाँड गर्नुपर्ने व्यवस्था भइरहेको छ । बुक बिल्डिङ मार्फत आईपीओ खोल्ने कम्पनीमा भने न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने र बाँडफाँडमा पनि ५० कित्ता नै दिनुपर्ने व्यवस्था छ ।

साना कम्पनीहरूकोहकप्रदका लागि निर्धारितभन्दा बढी सङ्ख्यामा पनि शेयरधनीले आवेदन दिन सक्ने र योग्यता पुगेका शेयरधनीलाई हकप्रद बाँडफाँड गरेपछि बिक्री नभएको हकप्रद शेयर तिनै बढी सङ्ख्याको आवेदन माग गरेकालाई समानुपातिक रूपमा दिनुपर्ने व्यवस्था गरिने भएको छ । हाल सूचीकृत हुँदै आएका अरू कम्पनीले बिक्री नभएको हकप्रद शेयर लिलाम बिक्री गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top