डिपु टोल विकास संस्थाले यसरी बेग्लै तरिकाले देउसीभैलो कार्यक्रम आयोजना गरी बिदाइ गर्याे तिहार

बाँसबारीः तिहारमा देउसीभैलो खेल्ने परम्परालाई नेपाली समाजमा व्यक्तिगत र संस्थागत रुपमा निरन्तरता दिइँदै आइएको छ । लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्म खेलिने देउसीभैलो संस्थागत रुपमा खेल्नुपर्दा कागतिहारदेखि नै पनि खेल्न शुरु गरिन्छ र भाइटीकाको ९ दिनपछि आउने हरिबोधिनी एकादशीको दिनसम्म खेल्ने गरिन्छ ।

देउसीभैलो कार्यक्रमलाई मनोरञ्जनका साथै संस्था सञ्चालनको लागि आर्थिक सङ्कलन गर्ने माध्यमका रुपमा पनि लिन सकिन्छ । यसै क्रममा समाजका प्रतिष्ठित व्यक्तिबीच अन्तरक्रिया गर्न पनि सहज होस् भन्ने अभिप्रायले सुन्दरहरैंचाको वडा नम्बर ६ मा रहेको डिपु टोल विकास संस्थाले कात्तिक २६ गते साँझ देउसीभैलो कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सो टोल विकास संस्थाका सबै सदस्यका परिवारका साथै छिमेकी टोल विकास संस्थाका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र सामाजिक व्यक्तित्वको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा आउने आमन्त्रित र कार्यक्रममा देउसीभैलो खेल्ने तथा नाच्नेगाउने कलाकारका लागि सयपत्री फूलको माला लगाउन सहज होस् भनेर प्रत्येक घरबाट कम्तीमा एउटा माला लिएर संस्थाका सदस्य उपस्थित भएका थिए । कार्यक्रममा उत्साह भर्न निर्धारित समयभन्दा अघि नै कार्यपालिका सदस्य टुनाकुमारी विश्वकर्मा कार्यक्रमस्थलमा पुग्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष लिङ्देन, समाजसेवी व्यक्तित्व भगवान मोक्तान, देवराज तामाङलगायतले कार्यक्रम अवधिभर बसेर आयोजकका हरेक गतिविधिमा साथ दिनुभएको थियो ।

कार्यक्रमको शुरुमा उराँव समुदायको मौलिक नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको मध्यभागमा प्रस्तुत मारुनी गीतको एकल नृत्यलाई उपस्थित दर्शकले औधी मन पराएका थिए । सो संस्थाका साथै अन्य संस्थाका कलाकारहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरी मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा उपस्थित वक्ताले आफ्नो भनाइ राख्ने क्रममा टोल विकास संस्थाले गरिरहेका हरेक गतिविधि सह्रानीय भएको उल्लेख गर्नुभएको थियो । टोलवासीलाई एकै स्थानमा भेला गराएर देउसीभैलो खेल्ने कार्य अरु संघसंस्थाका लागि पनि अनुकरणीय भएको उहाँहरुको भनाइ थियो ।

टोल विकास संस्थाका अध्यक्ष मानबहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम साँझ साढे ७ बजे शुरु भएर १० बजेसम्म चलेको थियो । संस्थाकी सचिव गीता मिश्रले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमका केही तस्बिरहरु तथा भिडियोहरु

https://fb.watch/vQipsjN6Jw

https://fb.watch/vQiwKh7nxh/

https://fb.watch/vQiy24sh1Q/

https://fb.watch/vQizSwqWal/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top