मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु

दमकः आज बिहान कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

गौरादह नगरपालिका–३ डिपु चोकमा रहेको कार्कीको घर अगाडि प्लास्टिकले बेरेर दुई वटा बोतलमा शंकास्पद वस्तु राखिएको पाइएको हो । मुख्यमन्त्री कार्की आज बिहान घरमा आमालाई भेट्न पुग्नु्भएको थियो । झापाको बाह्रदशी गाउँपालिकामा आज आयोजना हुने कार्यक्रममा सहभागी हुन जाने क्रममा कार्की झापा जानुभएको हो ।

अहिले मुख्यमन्त्री निवासमा सुरक्षा टोली गएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top