पहिलोपटक नेपालको भयो कन्ट्री रेटिङ, पायो ‘डबल बी माइनस’, स्थिर आर्थिक सङ्केतको सूचक

काठमाडौंः अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच’ले नेपालको आर्थिक अवस्थालाई सकारात्मक रुपमा मूल्याङ्कन गरेको छ । फिचले नेपालको दीर्घकालीन विदेशी मुद्रा रेटिङलाई ‘डबल बी माइनस’ दिएको छ जसले स्थिर अवस्थाको संकेत गर्दछ । राजनीतिक स्थिरता र विकास आयोजनाहरु कार्यान्वयनमा सहजता भए आर्थिक सुधार हुने प्रतिवेदनमा उल्लेख छ ।

रेटिङले नेपालको न्यून र उच्च सहुलियतपूर्ण बाह्य ऋणको बोझ, बलियो बाह्य तरलता र जलविद्युत क्षेत्रमा देखिएका वृद्धि सम्भावनाहरूलाई इंगित गरेको छ । समयसमयमा देखिने बाह्य अर्थतन्त्रको झट्का र आन्तरिक प्राकृतिक प्रकोपहरूको जोखिम भने अर्थतन्त्रमा कायमै रहेको छ । प्रतिव्यक्ति जीडीपी र सुशासनको सवालमा ‘बीबी’ माध्यम भन्दा तल छन् । तर सशस्त्र द्वन्द्वको अन्त्य र त्यसपछिको राजनीतिक सङ्क्रमणपछि सुधार भइरहेको रेटिङमा उल्लेख छ ।

रेटिङ प्रतिवेदन अनुसार सरकारको कुल ऋण जीडीपीको ४४ प्रतिशत छ जुन ‘डबलबी माइनस’ को पूर्वानुमान ५५ प्रतिशतभन्दा कम हो ।

नेपालको सघीय सरकारको ब्याज भुक्तानी गत आवको कुल राजस्वको ८ प्रतिशत पुग्यो जुन ‘बीबी’ रेटिङमा अनुमान भन्दा तल हो । यद्यपि ऋण–राजस्व २ सय ३० प्रतिशत भनेको औसत भन्दा माथि नै रहेको रेटिङ प्रतिवेदनमा छ । ४० प्रतिशतभन्दा बढी सरकारी ऋण बाह्य र अत्यन्तै सहुलियतपूर्ण रहेको छ । औसत १ प्रतिशत व्याज दरमा करिब १३ वर्षमा परिपक्व हुने ऋण नेपाल सरकारसँग रहेको छ ।

नेपाल अल्पविकसित देशबाट २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोनन्नति हुने भए पनि सहुलियतपूर्ण कर्जाको बलियो उपस्थिति रहिरहने अनुमान रिपोर्टले गरेको छ ।

भारतको भन्दा दुई स्थान तलको रेटिङ भए पनि दक्षिण एशियाका अन्इ मुलुकको भन्दा राम्रो रहेको बताइएको छ । नेपालमा विदेशी मुद्रा सञ्चिति उत्कृष्ट भएको तथा बलियो आर्थिक वृद्धिको प्रक्षेपणका आधारमा फिचले नेपाललाई उस्तै अन्य देशको तुलनामा निकै उत्कृष्ट रेटिङ प्रदान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top