उपनिर्वाचनमा २ देखि २० वटा चुनाव चिह्न भएको मतपत्र तयार

विराटचोकः निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २ देखि २० वटा चुनाव चिह्न भएका जम्मा २ लाख ५९ हजार मतपत्र छापिएको जनाएको छ ।

कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि तयार पारिएको मतपत्रमा २० वटा चुनाव चिह्न छन् । सबैभन्दा कम चुनाव चिह्न रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्ष पदको लागि २ वटा मात्रै छ । त्यहाँ एमाले–कांग्रेस गठबन्धनका उम्मेद्वार र माओवादीका मात्रै उम्मेद्वार भएकाले रुख र हँसिया हथौडा चिह्नमात्रै छ ।

उपनिर्वाचनमा ४१ पदका लागि ३७६ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ । २ लाख २६ हजार ७९९ जना मतदाता छन् ।

ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भूल) तथा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top