जागृत युवा समाजको तेस्रो साधारणसभा सम्पन्न, समाजले गरेका कामको अतिथिद्वारा प्रशंसा

सुन्दरपुरः जागृत युवा समाजको तेस्रो साधारणसभा शनिबार सुन्दरहरैंचा ६ को कार्यालय सुन्दरपुरमा सम्पन्न भएको छ । साधारणसभामा उपस्थित अतिथिहरुले समाजले गरेको कार्यक्रमको खुलेर प्रशंसा गर्नुभयो ।

साधारणसभाको उद्घाटन सत्रलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुहुँदै वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष लिङ्देनले जनचेतनामूलक कार्यक्रम सञ्चालनमा जागृत युवा समाज अग्रस्थानमा रहेको बताउनुभयो । जागृत युवा समाजले गरेका समाज परिवर्तनका कार्यक्रममा वडा कार्यालयको सहभागिता निरन्तर रहने उहाँको प्रतिबद्धता थियो ।

आवासको लागि सहयोग समूह लुमन्तीकी वर्षा निरौलाले शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा पछि परेका समुदायलाई सचेतना जगाउन र तालिम दिई आयआर्जनमा सहभागी गराउन समाजले गरेको काम प्रशंसनीय भएको बताउनुभयो ।

आश्रय सुधार केन्द्र गछियाका सञ्चालक सेवक खत्रीले युवा सशक्तिकरण र युवा सचेतनाका क्षेत्रमा जागृत युवा समाज र आश्रय सुधार केन्द्रले गरेका कार्यक्रम उस्तै भएकाले सहकार्य गर्न आश्रय सुधार केन्द्र तयार रहेको बताउनुभयो । जागृत युवा समाजलाई आवश्यक पर्ने आर्थिक तथा भौतिक सहयोग गर्न सुधार केन्द्र इच्छुक रहेको उहाँको भनाइ थियो ।

समावेशी बचत तथा ऋण सहकारी संस्था सुन्दरहरैंचाकी अध्यक्ष गीता राईले लागू औषध दुर्व्यसनको क्षेत्रमा युवा समाजले चालेको कदम सह्रानीय भएको बताउनुभयो ।

समाजकी अध्यक्ष सुमित्रा विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सहसचिव पूर्ण गुरुङले गर्नुभएको थियो ।

https://www.facebook.com/61554706120006/videos/752679160392360

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top