संसारको मुक्तिदाता येशु ख्रिस्टको जन्मदिनको तयारिमा सारा संसार लागि परेको छ।
इसाई धर्मावलम्बी हरुले आफ्नो मुक्तिदाता ,आत्मालाई उद्दार गर्ने इश्वर मानव रुपलिएर धर्तीमा कन्य स्त्री मरियम को कोखबाट जन्मनु भयो भन्ने बिस्वास गर्दछन। र सोहि इश्वर को जन्मदिन को रुपमा अंग्रेजी महिना को २५ डिसेम्बर हरेक वर्ष संसार भरिको हरेक इसाई साथै अन्य धर्मावलम्बी हरुले समेत विभिन्न कार्यक्रम हरुको आयोजना गर्दै ,एकअर्कामा Merry Christmas भनेर शुभकामना आदान प्रदान गर्दछन। यस दिन इसाई हरुको निम्ति अति बिशेस दिन भनेर समेत चिनिन्छ।
२५ डिसेम्बर आउन केहि हप्ता हरु अगि बाट नै चर्च हरुमा यसको तयारि मा विभिन्न कार्यक्रम साथै क्यारोल गाउने गरिन्छ।
क्यारोल भन्नाले गाउनु भन्ने अर्थ बुझिन्छ। जब येसु को जन्म इस्राएल देसको बेथलहेम भन्ने गाउँ मा हुन्छ ,त्यहि बखत स्वर्गदुत हरुले त्यहा भेडा -बाख्रा चराई रहेको गोठालो हरुलाई जन्मिएको खबर दिएर तब इस्वरको स्तुति गरे भन्ने कुरा बाइबल मा उल्लेख गरिएको छ। जुन स्तुति को गित लाइ क्यारोल को रुपमा आज गाउने प्रचलन रहिआएको छ। हेर्नुहोस बाइबल का यस प्रसङ्ग हरुलाई ;-
येशूको जन्म ,बाइबल / लुका को पुस्तक २ अध्याय बाट
1ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनू भन्ने हुकुम जारी गरे। 2कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्टको जनगणना थियो। 3सबै जना नाउँ दर्ता गराउन आफ्नो-आफ्नो सहर गए।
4योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदका कुटुम्ब र वंशका थिए। 5नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्। 6तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो। 7तिनले आफ्नो जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन।
गोठालाहरू र स्वर्गदूतहरू
8त्यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्नो बगालको रखवाली गर्थे। 9प्रभुका एक जना स्वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो, अनि तिनीहरू साह्रै डराए। 10तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ। 11आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। 12तिमीहरूलाई चिन्हचाहिँ यो हुन्छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।”
13तब एक्कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गर्दै, तिनीहरूले भने,
14“सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति!”
15जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, “आओ, हामी बेथलेहेमसम्म जाऔं, र त्यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौं।”
16तिनीहरू आतुरीसँग गए, र मरियम र योसेफ दुवैलाई, र बालकलाई चाहिँ डूँड़मा सुतिरहेका भेट्टाए। 17जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्यो तिनीहरूले बताइदिए। 18गोठालाहरूले बताएका कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए। 19तर मरियमले यी सब कुरा गुन्दै मनैमा राखिन्। 20जस्तो तिनीहरूलाई भनिएको थियो त्यस्तै सबै कुरा सुनेका र देखेका हुनाले, परमेश्वरको महिमा र स्तुति गर्दै गोठालाहरू फर्के।