संस्था दर्ता भएको पाँचौँ दिनमा ज्येष्ठ नागरिक सेवा समाज नेपालद्वारा ३३ जना ज्येष्ठ नागरिक सम्मानित

गछियाः संस्था दर्ता भएको पाँचौँ दिनमा नै ज्येष्ठ नागरिक सेवा समाज नेपाल सुन्दरहरैंचा ३ ले ३३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर संस्थाले सुन्दरहरैंचा ३ मा स्थायी बसोबास गर्ने ८० वर्षभन्दा माथिका ३३ जना ज्येष्ठलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले उहाँहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचा निस्क्रियजस्तै भएपछि र आफूखुशी सञ्चालन भएपछि बाध्य भएर आफूहरुले नयाँ संस्था दर्ता गर्नुपरेको समाजका अध्यक्ष भीमबहादुर कार्कीले बताउनुभयो । संस्थाका अध्यक्ष कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाकी सहजकर्ता रीता दाहालले गर्नुभएको थियो भने स्वागत मन्तव्य सचिव गोपाल बरुवालले गर्नुभएको थियो ।

वडा नम्बर ३ का वडाध्यक्ष विदुरप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक समाज सुन्दरदुलारीका अध्यक्ष रामबहादुर थापा, लाटीझोडा साझेदारी बन व्यवस्थापन समूहका पूर्व अध्यक्ष रुद्रप्रसाद पोखरेल, महिला अधिकारकर्मी सावित्रा शिवाकोटीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्मानित हुने ८० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरु
गंगादेवी गौतम,
गंगादेवी ढकाल,
भक्तबहादुर रायमाझी,
रणमाया कार्की,
लीलामाया पोखरेल,
पवित्रा बास्तोला,
खडानन्द पौडेल,
कृष्णप्रसाद बराल,
राधिका बराल,
टेकबहादुर खड्का,
जानुकादेवी दुलाल,
डम्बरबहादुर थापा,
डिल्लीमाया न्यौपाने
खडानन्द घिमिरे,
सूर्यकुमारी रेग्मी
हितादेवी थापा
खडानन्द पोखरेल
दीर्घकुमारी ढुङ्गाना
बालकुमारी घिमिरे
कृष्णप्रसाद पोखरेल
पविमाया भुजेल,
रघुकुमार चौहान
तुलसीमाया चौहान,
छनमाया पोखरेल
नारायणप्रसाद भट्टराई
तेजकुमारी गजुरेल
तुलसाकुमारी दाहाल
गजबहादुर गौतम
विष्णुबहादुर ढकाल
टीकामाया अधिकारी
पवित्रा दाहाल
पद्मकेशर गडुवा
गोरखबहादुर कार्की

https://fb.watch/uXWfQgCF8I/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top