नवरात्रको छैटौँ दिन आज कात्यायानी देवीको पूजा गरिँदै

गोठगाउँः नेपालीहरुको महान चाड छैटौँ दिन आज दुर्गा भवानीका ९ रुपमध्ये छैटौं रुपमा कात्यायानी माताको पूजाआजा गरिँदैछ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ ।

आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

घटस्थापनापछि हरेक दिन नवदुर्गाका ९ वटा रूपको पूजा गर्ने गरिन्छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने चलन छ ।

चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना ।

कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top