यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

विराटचोकः लेखक हान काङ साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बनेकी छिन् । ५३ वर्षीया हानको पुस्तक ‘द भेजिटेरियन’ ले सो पुरस्कार जितेको हो । सन् २०१६ मा म्यान बुकर पुरस्कार जितेको उक्त पुस्तक अंग्रेजीमा अनुवाद गरिएको उनको पहिलो उपन्यास हो ।

३ भागमा लेखिएको यो पुस्तकले एउटी महिलाको मासु खान छाड्ने निर्णय र त्यसले उनको व्यक्तिगत जीवनमा पार्ने विनाशकारी परिणामहरुको विवरण दिन्छ । हानको सन् २०१४ को उपन्यास ‘ह्युमन एक्ट्स’ सन् १९८० मा दक्षिण कोरियाली सेनाद्वारा गरिएको नरसंहारबाट प्रेरित थियो र यो लोकतान्त्रिक विद्रोहबीच एक युवकको मृत्युको बारेमा छ । २ वर्षपछि उनले ‘द ह्वाइट बुक’ प्रकाशित गरेकी थिइन् ।

सन् २०१३ देखि सन् २०१७ सम्म पार्क गन–ह्येको राष्ट्रपति कालमा पार्कको सरकारको आलोचनाका लागि कालो सूचीमा राखिएका ९ हजारभन्दा बढी कलाकारमध्ये हान एक हुन् ।

गत वर्ष यो पुरस्कार नर्वेली नाटककार जोन फोसेलाई दिइएको थियो ।

नोबेल पुरस्कारमा डिप्लोमा, सुनको पदक र १० लाख डलरको पुरस्कार राशी समावेश छ । हानले डिसेम्बर १० मा स्टकहोममा राजा कार्ल सोह्रौँ गुस्ताफाबाट पुरस्कार प्राप्त गर्नेछिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top