असोजको अन्तिम दिन सबै समूहमा हरियाली, नेप्से पुग्यो २७४२ दशमलव ८८ अङ्कमा

विराटचोकः असोज महिनाको अन्तिम दिन आज शेयर बजार सूचक ४३ दशमलव २२ अङ्क अर्थात् १ दशमलव ६० प्रतिशत बढेर २ हजार ७४२ दशमलव ८८ बिन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृत सबै समूहको सूचकमा हरियाली छाएको हो । आज ३२० वटा कम्पनीको ६५ हजार ८४५ पटकको कारोबारमा १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर…

Read More

अमेरिका र ब्रिटेनका ३ अर्थशास्त्रीले पाउने भए यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौंः अमेरिका र ब्रिटेनका ३ अर्थशास्त्रीलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । उनीहरुले गरिब देशहरु वर्षौसम्म झन गरिब र धनी देशहरु दिनप्रतिदिन झन धनी कसरी भइरहेका छन् भनेर अनुसन्धान गरेको बताइएको छ । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार डारोन एसोमोग्लु, साइमन जोन्सन र जेम्स ए रोविन्नसनले सयुक्त रुपमा पाउने भएका हुन् । टर्कीमा…

Read More

सुनको भाउ १३०० रुपैयाँ बढ्यो, चाँदीको २५ रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६१ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९५० रुपैयाँ…

Read More

५ अंकले बढेको प्रि ओपनमा २३ लाख ४१ हजार रुपैयाँको कारोबार

विराटचोकः आज प्रि ओपन सेसनमा नेप्से ५ दशमलव १२ अंकले बढेर २७०४ दशमलव ७९ मा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ४१ कम्पनीको कारोबार हुँदा २७ कम्पनीको मूल्य बढेको छ, ३ कम्पनीको मूल्य स्थिर रहेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ । ६६ पटकको कारोबारमा ४ हजार ३९१ कित्ता शेयर कारोबार हुँदा…

Read More

बढ्यो पेट्रोल र डिजेलको मूल्य, यास र हवाइ इन्धनको मूल्य यथावत

विराटचोकः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि नेपाल आयल निगमले पनि मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको हो । खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् रहेको छ…

Read More

आज विश्व खाद्य दिवस

गोठगाउँः आज विश्व खाद्य दिवस, बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणका लागि जोड दिँदै आज विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको आह्वानमा दिवस मनाउन थालिएको हो । सन् १९७१ मा राष्ट्र संघको २० औँ साधारण सभाले…

Read More

आज कोजाग्रत पूर्णिमा, दशैंको समापन हुँदै

विराटचोकः आज कोजाग्रत पूर्णिमा । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाअन्तर्गत आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्न हुन्छ । आज साँझ महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी…

Read More
Back To Top