आज विश्व खाद्य दिवस

गोठगाउँः आज विश्व खाद्य दिवस, बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणका लागि जोड दिँदै आज विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।

सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको आह्वानमा दिवस मनाउन थालिएको हो । सन् १९७१ मा राष्ट्र संघको २० औँ साधारण सभाले खाद्य तथा कृषि संगठनको स्थापनाको अवसरमा दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको हो ।

नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि सङ्गठनको सदस्यता पाएको थियो । खाद्य दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने ‘खाद्य स्वच्छता दिवस’ भनेर पनि यो दिवस मनाउने गरेको छ ।

संसारभर बर्षेनी १ करोड भोकमरीको चपेटामा पर्ने गरेको संयुक्त राष्ट्र संघले जनाएको छ । त्यस्तै संसारका झण्डै ९० करोड मानिसका अगाडि भोकमरीको चुनौति छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top