यी हुन् सन् २०२४ को नोबेल पुरस्कार पाउनेहरु

गोठगाउँः नोबेल पुरस्कार विश्वको सबैभन्दा ठूलो पुरस्कार हो । यो पुरस्कार विभिन्न ६ शीर्षकमा प्रदान गरिन्छ । चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, अर्थशास्त्र, साहित्य र शान्तिको क्षेत्रमा काम गर्ने व्यक्तिलाई यो पुरस्कार प्रदान गरिन्छ ।

प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिश क्रोना (९ लाख ९० हजार अमेरिकी डलर) पाउँछन् । यदि एकभन्दा बढी विजेता भएमा उक्त रकम बराबर बाँडिन्छ ।

नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ । उक्त दिन नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलको स्मृति दिवस हो ।

यी हुन् यस वर्ष नोबेल पुरस्कार पाउनेहरु
चिकित्साशास्त्रः भिक्टर एम्ब्रोस र ग्यारी रभ्कन
भौतिकशास्त्रः जोन जे हप्फील्ड र जेफ्री ई हिन्टन
रसायनशास्त्रः डेभिड बेकर, डेमिस हसाबिस तथा जोन एम जम्पर
अर्थशास्त्रः डारोन एसिमोग्लु, साइमन जोन्सन र जेम्स रोविन्सन
साहित्यः हान काङ
शान्ति: जापानी संस्था ‘निहन हिडन्क्यो’

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

अमेरिका र ब्रिटेनका ३ अर्थशास्त्रीले पाउने भए यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top