आजदेखि हतुवागढी महोत्सव

भोजपुरः आजदेखि भोजपुरको हतुवागढीमा स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् हतुवागढी महोत्सव हुने भएको छ । महोत्सव १७ गते समापन हुनेछ ।

हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

महोत्सवका क्रममा एक सय ५३ मिटर उचाइमा रहेको जिल्लाको सबैभन्दा होचोस्थल माइबेँनीबाट एक हजार आठ सय ६५ मिटर उचाइ रहेको सङखाम जोरआहाल हुँदै घोडेटार बजारसम्म २६ किलोमिटर दौड प्रतियोगिता पनि हुने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top