पारिश्रमिक बहुउद्धेश्यीय सहकारीको अध्यक्षमा पुनः भीमप्रसाद आचार्य

विराटचोकः पारिश्रमिक बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड सुन्दरहरैंंचाको १९ औं वार्षिक साधारणसभाले आगामी ४ लागि नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाले पुनः भीमप्रसाद आचार्यलाई नै आगामी कार्यकालका लागि पनि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचन समितिका अनुसार संस्थाको उपाध्यक्षमा सरोज चौधरी, सचिवमा केशवप्रसाद तिम्सिना, कोषाध्यक्षमा रुपादेवी उप्रेती रिजाल निर्विरोध चयन हुनुभएको छ । अध्यक्ष, उपाध्यक्ष र सचिव यसअघि पनि सोही पदमा कार्यरत हुनुहुन्थ्यो । कोषाध्यक्ष उप्रेती यसअघि कार्यसमिति सदस्य पदमा हुनुहुन्थ्यो ।

सदस्यहरूमा सबै नयाँ अनुहार चयन हुनुभएको छ । निर्वाचन समितिका अनुसार कमला खड्का, जमुनादेवी कोइराला, विमला चौहान क्षेत्री, कृष्णप्रसाद भट्टराई, छत्रबहादुर काफ्ले, भीमगोपाल ढकाल र सिर्जना सुबेदी ढकाल सदस्यमा निर्विरोध चयन हुनुभएको छ ।

लेखा सुपरीवेक्षण समिति संयोजकमा मोहन चौधरी तथा सदस्यमा कालीप्रसाद आचार्य र चेतकुमारी पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ । चौधरी यसअघि पनि सोही पदमा हुनुहुन्थ्यो । पराजुली कार्यसमिति सदस्यमा हुनुहुन्थ्यो । नव निर्वाचित अध्यक्षसहित पदाधिकारीहरूलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै प्रमाणपत्र उपलब्ध गराइएको छ ।

साधारणसभाको खुला सत्रमा अध्यक्ष भीमप्रसाद आचार्यले संस्थाको वार्षिक प्रतिवेदन तथा आन्तरिक लेखा तथा सुपरीवेक्षण समिति संयोजक मोहन चौधरीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ९ जना ज्येष्ठ शेयर सदस्यलाई दोसल्ला, प्रशंसापत्र र नगद प्रदान गरी सम्मान गरिएको थियो ।

शेयर सदस्यका सन्तानमध्ये गत वर्षको एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट बचत कर्ता र उत्कृष्ट ऋणीलाई पनि साधारणसभामा सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top