‘किसान सरल कर्जा’ ल्यायो राष्ट्रिय वाणिज्य बैंकले

विराटचोकः कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैयाँसम्म कर्जा दिने गरी ‘किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम’ अन्तर्गत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले किसान सरल कर्जा प्रोडक्ट शुरु गरेको छ ।

१ लाख रुपैयाँसम्मको किसान क्रेडिट कार्ड समेत लिन सकिने सो कर्जा लिन कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानुनी रुपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले आवेदन दिन सक्नेछन् । कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुबै प्रकृतिको हुने र ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि कर्जा पाइने बैंकले जनाएको छ ।

आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने भएो छ । ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने छ भने आवश्यकता अनुसार घरजग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने छ । कर्जाको बीमा पनि गरिने भएको छ । बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट किसान सरल कर्जा प्रदान गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top