धरानका मेयर हर्क साम्पाङको कार्यवाहकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

धरानः विदेश भ्रमणमा रहेका धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईले वडा अध्यक्षलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएको विषयलाई कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।

अदालतले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुको कारण पनि माग गरेको छ । उपप्रमुख आइन्द्रबिक्रम बेघाले दायर गरेको रिटमा न्यायाधीश ध्रुवराज नन्दको इजालसले नगर प्रमुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top