यसरी लिन सकिन्छ शेयर कर चुक्ता प्रमाणपत्र

विराटचोकः आफूसँग भएको शेयर धितो राखेर बैंकबाट कर्जा लिएर शेयर बजारमा थप लगानी गर्न कर चुक्ता प्रमाणत्र आवश्यक पर्दछ ।

शेयर बजारका लगानीकर्ताले शेयर बजारमार्फत तिर्ने कर दुई प्रकारका छन् । साधारणतया दोस्रो बजारमा शेयर खरिद बिक्री गरेवापत तिर्ने कर र कम्पनीले लगानीकर्तालाई वितरण गरेको लाभांश वापतको कर । यी दुवै कर तिरेको प्रमाणस्वरुप दिइने निस्सा नै करचुक्ता प्रमाणपत्र हो ।

दोस्रो बजारमा खरिद गरेको शेयरको कर चुक्ता प्रमाण पत्र लिनका लागि लगानीकर्ताले शेयर खरिद बिक्री गर्ने गरेको ब्रोकर कार्यालयमा एउटा निवेदन दिनुपर्छ । जसका लागि करदाता (लगानीकर्ता) सँग स्थायी लेखा नम्बर अनिवार्य हुनुपर्छ । त्यसपछि ब्रोकरले सम्बन्धित लगानीकर्ताको एक वर्षसम्मको सम्पूर्ण विवरण नेपाल स्टक एक्सचेञ्जमा पठाउँछ । शेयर खरिद गरेवाट कर चुक्ता गरेको भन्ने प्रमाणित गराएपछि उक्त प्रमाणित पत्र लिएर आन्तरिक राजश्व कार्यालयमा गए पछि लगानीकर्ताले कर चुक्ता प्रमाण पत्र निःशुल्क पाउँछन् ।

लाभांश करको चुक्ता प्रमाणपत्रका लागि लगानीकर्ताले सम्बन्धित कम्पनीसँग आफूनो कर तिरेको सम्पूर्ण विवरण लिएपछि सिधै आन्तरिक राजश्वमा गएर यस्तो प्रमाणपत्र लिन सकिन्छ ।

ब्रोकर र लाभांश लिएका कम्पनीले लगानीकर्ताको स्थायी लेखा नम्बरसँग ईटीडीएस कनेक्ट गराएपछि आन्तरिक राजस्व कार्यालयले युजर नेम र पासवर्ड दिन्छ । उक्त युजर नेम र पासवर्ड आन्तरिक राजस्व कार्यालयको ईटीडीएसमा गएर युजर नेम र पासवर्ड बनाउनुपर्छ । उक्त युजर नेम लग इन गरे पछि लगानीकर्ताले आफूले वर्ष भरी तिरेको कर प्रमाण पत्र प्राप्त गर्न सक्ने छन् ।

यी सबै कागजात आन्तरिक राजश्व विभागको वेबसाइटमा गएर अनलाइनबाटै फर्म भरेर पनि कर चुक्ताको प्रमाणपत्र लिन सकिन्छ । अनलाइन सम्बन्धी ज्ञान नभएका लगानीकर्ताले आन्तरिक राजस्व कार्यलयमा गएर कर चुक्ता प्रमाण पत्र लिन सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top