सामाजिक मिलन केन्द्रद्वारा दशैंमा आयोजित दुर्गापूजामा भएको आयव्यय सार्वजनिक

गोठगाउँः सुन्दरहरैंचा ७ गोठगाउँमा रहेको सामाजिक मिलन केन्द्रले दशैंमा आयोजना गरेको नवदुर्गा पूजाको अवसरमा भएको आम्दानी र खर्च सार्वजनिक गरेको छ । शुक्रबार सामाजिक मिलन केन्द्रको कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका सल्लाहकार लुबराज आचार्यले आयव्यय विवरण प्रस्तुत गर्नुभएको हो । आचार्यका अनुसार सो नवदुर्गा पूजामा २० लाख ९२ हजार १८५ रुपैयाँ आम्दानी भएको छ । जसमध्ये…

Read More

‘नझरेका फूलहरू’ द्वारा आयोजित पलेँटी साँझमा मुरलीधरको प्रस्तुति

विराटचोकः ‘नझरेका फूलहरू’ को आयोजनामा बिहीबार विराटचोकमा भएको पलेँटी साँझमा गायक मुरलीधरले आफ्ना गीतद्वारा उपस्थित स्रोताहरुलाई मन्त्रमुग्ध बनाउनुभयो । पलेँटी साँझको ४३ औं शृङ्खलामा प्रस्तुत भएका गायक मुरलीधरले भजनका साथै उडायो सपना सबै हुरीले…, निष्ठुरीलाई माया गरी आफैँलाई रोगी बनाएँ…लगायतका गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा दुर्गा पराजुली, चण्डी साम्पाङलगायतले पनि गीत प्रस्तुत गर्नुभएको थियो…

Read More

लोनली प्लानेटको ३० गन्तव्य सूचीमा समेटियो नेपालको तराई क्षेत्र

विराटचोकः नेपाल भन्नासाथ काठमाडौं र हिमालले मात्रै चिनिँदै आएको नेपालको तराई क्षेत्र पनि घुम्नैपर्ने ठाउँमा परेको चर्चित ट्राभल म्यागेजिन ‘लोनली प्लानेट’ले जनाएको छ । एक सिंगे गैडा भएको चितवन राष्ट्रिय निकुञ्ज र भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनी समेत घुम्न लायक क्षेत्र रहेको म्यागेजिनले उल्लेख गरेको छ । सो म्यागेजिनले २०२५ को ३० भ्रमण गन्तव्यमा नेपालको…

Read More

सुनको भाउ स्थिर, चाँदीको घट्यो २५ रुपैयाँ

विराटचोकः शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रति तोला १ लाख ६६ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ७० रुपैयाँ निर्धारण भएको छ । बिहीबार सुनको भाउ तोलामा ७०० रुपैयाँ र…

Read More
Back To Top