सामाजिक मिलन केन्द्रद्वारा दशैंमा आयोजित दुर्गापूजामा भएको आयव्यय सार्वजनिक

गोठगाउँः सुन्दरहरैंचा ७ गोठगाउँमा रहेको सामाजिक मिलन केन्द्रले दशैंमा आयोजना गरेको नवदुर्गा पूजाको अवसरमा भएको आम्दानी र खर्च सार्वजनिक गरेको छ ।

शुक्रबार सामाजिक मिलन केन्द्रको कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका सल्लाहकार लुबराज आचार्यले आयव्यय विवरण प्रस्तुत गर्नुभएको हो । आचार्यका अनुसार सो नवदुर्गा पूजामा २० लाख ९२ हजार १८५ रुपैयाँ आम्दानी भएको छ । जसमध्ये ९७ हजार रुपैयाँ खर्च भएको छ ।

सङ्कलित रकममध्ये २ लाख ५८ हजार ४९१ रुपैयाँ नगद प्राप्त भएको र १८ लाख ३३ हजार ६९४ रुपैयाँ प्राप्त हुन बाँकी रहेको आचार्यले बताउनुभयो । सबै रकम सङकलन हुँदा १९ लाख ९५ हजार १८५ रुपैयाँ बचत हुने पनि उहाँले जानकारी दिनुभयो ।

पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको प्रमुख आतिथ्यतामा भएको आयव्यय सार्वजनिक कार्यक्रममा सुन्दरहरैंचा १० का समाजसेवी मित्रसेन योञ्जन, पञ्चायत माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पोष्टकुमार श्रेष्ठ, सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगर, नवदुर्गा पूजा समारोहका प्रमुख पण्डित बालकृष्ण गौतम, समाजसेवी दिनेश राउत, गोठगाउँ बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाप्रसाद पोखरेल, पूजा आयोजक समितिका संयोजक दाताराम भट्टराईलगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।

नवदुर्गा पूजा आयोजनाका क्रममा सहभागी भई पूजा सफल बनाउन सहयोग गर्ने ४० जनाभन्दा बढी व्यक्तिलाई कार्यक्रममा सम्मानपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top