तोलामा १४०० रुपैयाँ बढेर सुनको भाउ पुनः नयाँ उचाइमा, चाँदीको बढ्यो १५ रुपैयाँ

विराटचोकः आज तोलामा १ हजार ४०० रुपैयाँ बढेपछि सुनको भाउले नयाँ उचाइ कायम गरेको छ । आज सुनको भाउ प्रति तोला १ लाख ६७ हजार ४०० रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । यसअघि कात्तिक ७ गते सुनको भाउ तोलाको १ लाख ६६ हजार ७०० रुपैयाँ पुगेर उच्च मूल्यको रेकर्ड कायम भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ प्रति तोला १५ रुपैयाँ बढेर प्रति तोला २ हजार ८५ रुपैयाँ पुगेको छ । चाँदीको भाउले भने कात्तिक ७ गते कायम रहेको प्रति तोला २ हजार १३५ रुपैयाँको मूल्य तोड्न सकेको छैन ।

शुक्रबार सुनको भाउ स्थिर रहेको थियो भने चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top