नेपालले गोल फर्काएपछि रोमाञ्चक हुँदै खेल

विराटचोकः साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ । बंगलादेशले गोल गरेको चौथो मिनेटमा नै नेपालले गोलको जवाफ गोल नै गरेर दिएको हो । नेपालकी अमिशा कार्कीले गोल गरेकी हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशको अग्रता

Read More

साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशको अग्रता

  विराटचोकः पहिलो हाफ गोलरहित बराबरीमा सकिएको साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । खेलको ५२ औं मिनेटमा बंगलादेशकी मोनिका चक्माले गोल गरेपछि बंगलादेशले अग्रता लिएको हो ।

Read More

दुई दिन बढेको शेयर बजारमा आज दोहोरो अंकको गिरावट

विराटचोकः लगातार दुई दिनमा गरी ७५ अङ्कले बढेको शेयर बजार सूचक नेप्सेमा आज दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव ५३ प्रतिशत अर्थात १४ दशमलव ४३ अंकले घटेर २ हजार ६७७ दशमलव ६२ अङ्कमा बन्द हुन पुगेको छ । नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको १ करोड २० लाख ६९ हजार…

Read More

सुनको भाउ हालसम्मकै उच्च मूल्यमा, तोलाको पुग्यो १ लाख ७० हजार ७०० रुपैयाँ

विराटचोकः आज सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ बढेर तोलाको १ लाख ७० हजार ७०० रुपैयाँ पुगेको छ । योसँगै हिजो धनतेरसको दिन कायम भएको सुनको उच्च मूल्यको रेकर्ड आज तोडिएको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । यद्यपि यसअघि कायम चाँदीको हालसम्मको उच्च भाउ २१३५ को रेकर्ड भने तोडिएको…

Read More

आज काग तिहार

विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आज काग तिहारको दिन हो । आज यमदूतको रुपमा कागलाई मिष्ठान्न खान दिई पूजा गर्ने गरिन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मत छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले…

Read More

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३७ मिनेटमा

विराटचोकः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको साइत शुभ रहेको समितिको बैठकले निर्णय गरेको छ । भाइटीका लगाउँदा पश्चिम मोहडा गरेर लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ…

Read More
Back To Top