विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आज काग तिहारको दिन हो । आज यमदूतको रुपमा कागलाई मिष्ठान्न खान दिई पूजा गर्ने गरिन्छ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मत छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भन्ने चलन छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top