
भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३७ मिनेटमा
विराटचोकः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको साइत शुभ रहेको समितिको बैठकले निर्णय गरेको छ । भाइटीका लगाउँदा पश्चिम मोहडा गरेर लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ…