दशैं काजमा हिँड्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक

सम्पादकीय सरकारी कर्मचारीले दशैं अघिदेखि दशैंपछिसम्म काज बिदा लिएर घर जाने प्रवृत्तिले विकृति निम्त्याइरहेको छ । दुर्गम र हिमाली जिल्लाका कर्मचारी दशैं बिदामा समयमै घर पुग्न र घरबाट फर्कन नसक्ने भएकाले काजभत्तासहित दशैं बिदा दिने प्रचलन भए पनि पछिल्लो समय सुगम र तराईका जिल्ला वा उपत्यकामा घर हुनेले पनि काज भ्रमण बिदा लिने गरेका छन्…

Read More

भोलिदेखि सुन्दरहरैंचामा पहिलो वडास्तरीय क्रिकेट प्रतियोगिता हुने

विराटचोकः कात्तिक ५ गतेदेखि मोरङको सुन्दरहरैंचामा पहिलो पटक वडास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १२ टिम सहभागी हुने भएका छन् । इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगितामा सुन्दरहरैंचाको वडा नम्बर १ बाहेक सबै वडाका एकएक टिम सहभागी हुनेछन् । वडा नम्बर १२ का भने २ टिम सहभागी हुनेछन् । क्लबका अध्यक्ष प्रमेन्द्र केसीका…

Read More

धरानका मेयर हर्क साम्पाङको कार्यवाहकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

धरानः विदेश भ्रमणमा रहेका धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईले वडा अध्यक्षलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएको विषयलाई कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । अदालतले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुको कारण पनि माग गरेको छ । उपप्रमुख आइन्द्रबिक्रम बेघाले दायर गरेको रिटमा न्यायाधीश ध्रुवराज नन्दको इजालसले नगर प्रमुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम…

Read More

‘किसान सरल कर्जा’ ल्यायो राष्ट्रिय वाणिज्य बैंकले

विराटचोकः कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैयाँसम्म कर्जा दिने गरी ‘किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम’ अन्तर्गत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले किसान सरल कर्जा प्रोडक्ट शुरु गरेको छ । १ लाख रुपैयाँसम्मको किसान क्रेडिट कार्ड समेत लिन सकिने सो कर्जा लिन कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा…

Read More

टी ट्वान्टीमा नेपालले अमेरिकालाई हरायो सुपर ओभरमा

विराटचोकः अमेरिकामा जारी टी–२० आई सिरिजको दोस्रो खेलमा नेपालले सुपर ओभरमा अमेरिकालाई पराजित गरेको छ । निर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि सुपरओभरमा पुगेको खेलमा नेपालले रोमाञ्चक जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो । यस सँगै नेपालले सिरिजका तीन खेलमध्ये दुई खेलमा जितेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६…

Read More

सुनको भाउले आज पनि बनायो नयाँ रेकर्ड, चाँदीको भाउ पनि ९५ रुपैयाँ बढेर बनायो नयाँ कीर्तिमान

विराटचोकः सुनको भाउले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज तोलामा ६०० रुपैयाँ बढेसँगै शुक्रबार कायम भएको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो । तोलामा ९५ रुपैयाँ बढेर चाँदीको भाउले पनि उच्च मूल्यको रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ६५ हजार रुपैयाँ…

Read More

कनकलक्ष्मी साकोसको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

गोठगाउँः कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको पाँचौँ वार्षिक साधारणसभा शनिबार लालीगुराँस भजनकीर्तन समूहको भवन सुन्दरहरैंचा ११ गोठगाउँमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाका सचिव अर्जुनकुमार खत्री तिम्सिनाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा नीति र कार्यक्रमका साथै कोषाध्यक्ष हिरण्य कालाखेतीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारणसभामा लेखा सुपरीवेक्षण समितिका संयोजक लुबराज आचार्यले…

Read More

सामुदायिक वनको अस्तित्व सकिनेमा सरोकारवालाको चिन्ता

प्रेम बास्तोला इटहरीः संविधानमै समुदायको अधिकार र कर्तत्व्यको ग्यारेन्टी गरी उद्यमशिीलतामा नगए सामुदायिक वनको अस्तित्व नै सकिनेमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेशले शनिबार इटहरीमा आयोजना गरेको ‘‘बदलिँदो परिस्थितिमा अबको सामुदायिक वनको भूमिका’’ विषयक प्रदेशस्तरीय छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । छलफल कार्यक्रममा कोशी प्रदेशका…

Read More

यसरी लिन सकिन्छ शेयर कर चुक्ता प्रमाणपत्र

विराटचोकः आफूसँग भएको शेयर धितो राखेर बैंकबाट कर्जा लिएर शेयर बजारमा थप लगानी गर्न कर चुक्ता प्रमाणत्र आवश्यक पर्दछ । शेयर बजारका लगानीकर्ताले शेयर बजारमार्फत तिर्ने कर दुई प्रकारका छन् । साधारणतया दोस्रो बजारमा शेयर खरिद बिक्री गरेवापत तिर्ने कर र कम्पनीले लगानीकर्तालाई वितरण गरेको लाभांश वापतको कर । यी दुवै कर तिरेको प्रमाणस्वरुप दिइने…

Read More

पारिश्रमिक बहुउद्धेश्यीय सहकारीको अध्यक्षमा पुनः भीमप्रसाद आचार्य

विराटचोकः पारिश्रमिक बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड सुन्दरहरैंंचाको १९ औं वार्षिक साधारणसभाले आगामी ४ लागि नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाले पुनः भीमप्रसाद आचार्यलाई नै आगामी कार्यकालका लागि पनि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचन समितिका अनुसार संस्थाको उपाध्यक्षमा सरोज चौधरी, सचिवमा केशवप्रसाद तिम्सिना, कोषाध्यक्षमा रुपादेवी…

Read More
Back To Top