दशैंपछिको प्रि ओपनमा शेयर बजारमा पोतियो रातो

विराटचोकः दशैंको बिदा सकिएपछि आजदेखि सरकारी कार्यालय खुलेका छन् । धितोपत्र कारोबार हुने नेप्से पनि आजदेखि खुलेकाले शेयर किनबेच गर्न सकिने भएको छ । दशैंपछिको पहिलो कारोबार दिनको प्रि ओपन सेसनमा शेयर बजार शून्य दशमलव ०९ अंकले घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य बढेको छ । १५ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने एउटाको…

Read More

आज विश्व हात धुने दिवस

गोठगाउँः विश्वभर आज विश्व हात धुने दिवस मनाइँदैछ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् । चिकित्सकहरुका अनुसार शौचालय प्रयोग गरेपछि, बालबालिकाको…

Read More

कात्तिक ८ भित्र बिजुलीको बक्यौता बुझाउन ४९ उद्योगलाई विद्युत प्राधिकरणको अनुरोध

विराटचोकः नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ । तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी समेत विद्युत् प्राधिकरणले दिएको छ । प्राधिकरणले यसअघि पनि बक्यौता तिर्न अनुरोध गरेको थियो । तर केही उद्योगीहरुले…

Read More

भोलिदेखि ३ दिन मनकामना केबलकार बन्द हुने

भरतपुरः मर्मत सम्भारका लागि भोलि असोज २९ गतेदेखि आगामी कात्तिक १ गतेसम्म मनकामना केबलकार बन्द हुने भएको छ । ती तीन दिनमा मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम हुने मनकामना दर्शन प्रालिले जनाएको छ । असोज २६ र २७ गते पनि केवलकार बन्द गरिएको थियो ।

Read More

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

विराटचोकः लेखक हान काङ साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बनेकी छिन् । ५३ वर्षीया हानको पुस्तक ‘द भेजिटेरियन’ ले सो पुरस्कार जितेको हो । सन् २०१६ मा म्यान बुकर पुरस्कार जितेको उक्त पुस्तक अंग्रेजीमा अनुवाद गरिएको उनको पहिलो उपन्यास हो । ३ भागमा लेखिएको यो पुस्तकले एउटी महिलाको मासु खान छाड्ने निर्णय र…

Read More

दशैं

शंकर सुवेदी, ‘उत्स’ चुड्का र ख्यालीका भाकाहरु मंगल धुन बजाएर रोदीघरमा गञ्जन्छन् मारुनीका जुहारी हिमाल अलिकति घुम्टो उघारेर आकाशको छहारीमुनि चियाउँछन् जुनेलीमा दशैंघरका जमराहरु । मालश्रीको राग करेसाका गोदावरीहरुमा बिसाउँछन् भमराहरु…, च्याबु्रङ उरालेर उराहा लाउँदै आरतीका तान, दशैंघरका ताँतीहरुमा आराध्य देवीहरु नियालेर म दशैं भाक्दैछु पटाङ्गिनी झैँ खाली निधार । थापिएका आशीर्वादका पर्राहरु अझै थाँती…

Read More

आज दशैंको मुख्य दिन विजयादशमी, बिहान ११ बजेर ३६ मिनेटमा उत्तम साइत

विराटचोकः नेपालीहरुको महान् चाड बडादशैंको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइन्छ । टीका लगाउन साइत कुर्नु नपर्ने भए पनि टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ३६ मिनेटको साइत उत्तम रहेको जनाएको छ ।…

Read More

दशैंको टीकाको दिन डलरको मूल्यले बनायो नयाँ रेकर्ड

गोठगाउँः आज विजयादशमीको दिन अमेरिकी डलरको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । आज अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ८० पैसा र खरिददर १३४ रुपैयाँ २० पैसा पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यस अघि गत भदौ २१ गते डलरको उच्च मूल्य १३४ रुपैयाँ ६८ पैसा पुगेर उच्च मूल्यको कारोबारको रेकर्ड बनाएको…

Read More

महाअष्टमी र महानवमी आज एकै दिन भएकाले महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरिँदै

विराटचोकः तिथिको घटबढका कारण आज महाअष्टमी र महानवमी पर्व एकै दिन परेको छ । षष्ठी तिथि दुई दिन परेपछि असोज २२ र २३ गते कात्यायानीको पूजा आराधना गरिएको थियो । आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको र नवौँ सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात्…

Read More

आज फूलपाती, दशैंघर र पूजाकोठामा फूलपाती भित्र्याइँदै, आज कालरात्रीको पूजा अर्चना हुने

गोठगाउँः नवरात्रको सातौँ दिन आज घरघरमा रहेका पूजाकोठामा तथा दशैंघरमा फूलपाती भित्र्याइन्छ । आज कालरात्री देवीको पूजा अर्चना गरिन्छ । फूलपातीको रुपमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र फलफुलका पालुवालाई शुभ साईतका रुपमा फूलपाती मानेर भित्र्याइन्छ । काठमाडौको वसन्तपुरमा भने गोरखा…

Read More
Back To Top