तिहारपछि दुवै दिन घट्यो शेयर बजार परिसूचक नेप्से

विराटचोकः तिहारपछि खुलेको शेयर बजारमा दुवै दिन रातो पोतिएको छ । लगातार तेस्रो दिन नेप्सेमा गिरावट आएको हो ।

आज नेप्से परिसूचक १ दशमलव ८८ अंक घटेर २६७५ दशमलव ५१ विन्दुमा झरेको छ । आज ३२० कम्पनीको ५५ हजार २३८ पटकको कारोबारमा १ करोड १६ लाख ८६९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड २४ लाख ८६ हजार ८५१ रुपैयाँको कारोबार भएको छ ।

आज नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेको छ । नेपाल फाइनान्सको सर्वाधिक ८ दशमलव २६ प्रतिशतले शेयरमूल्य घट्दा कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य ८ दशमलव २३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको ३५ करोड ३८ लाख ३९ हजार २६८ रुपैयाँको शेयर किनबेच भएको छ ।

५ उपसमूहको परिसूचक बढेको दिन आज म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ०९ प्रतिशत बढ्दा विकास बैंक, वित्त, जलविद्युत र व्यापार उपसमूहको परिसूचक बढेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४२ खर्ब ५९ अर्ब २९ करोड ६७ लाख १९ हजार ६१९ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top