बैंक तथा वित्तीय संस्थामा अब ‘केवाईसी’ भर्नु नपर्ने

विराटचोकः बैंक तथा वित्तीय संस्थामा गएर ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) भर्नु नपर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले ग्राहकले राष्ट्रिय परिचयपत्र बनाउँदा पेस गरेको विस्तृत विवरणलाई लिन सक्ने गरी सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।

गत बिहीबार जारी भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१’ मा केवाईसी) भर्नु नपर्ने व्यवस्था गर्न लागिएको हो । यो व्यवस्थासँगै बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी, शेयर ब्रोकरलगायतले ग्राहकको अनुमति लिई केवाईसीसम्बन्धी जानकारी तथा विवरण अनलाइनबाटै प्राप्त गर्न सक्ने भएका छन् । व्यक्तिगत जानकारी लिन बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा व्यक्तिको सहमति लिनु पर्नेछ ।

यस्तो विवरण बैंक तथा वित्तीय संस्थाले पुनःग्राहकबाटै प्रमाणीकरण गराउनुपर्ने हुन्छ । थप जानकारीका लागि पनि ग्राहकको अनुमति लिनु पर्नेछ । त्यसपछि बारम्बार केवाइसी अद्यावधिक गर्नुपर्ने झण्झट हट्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top