केराबारीवासी हाइकिङप्रति आकर्षित हुँदै, हिँडौँ केराबारी अभियान सञ्चालन गरिने

तस्बिरः युवराज ठकुरीको फेसबुक पेज

केराबारीः उत्तरी मोरङको केराबारी गाउँपालिकामा पैदलयात्रा (हाइकिङ) लाई निरन्तरता दिइने भएको छ । ‘हिँडौँ केराबारी अभियान’अन्तर्गत प्रत्येक महिना हाइकिङमा जान तयारी थालिएको अभियानका सदस्य युवराज ठकुरी बताउनुहुन्छ ।

उहाँका अनुसार गत वर्ष वडा नम्बर ३ को आदिवासी सङ्ग्रहालयसम्म हाइकिङ गरिएको थियो । सो हाइकिङमा २० जनाभन्दा बढी सहभागी भएका थिए । एक वर्षपछि भाइटीकाको भोलिपल्ट गत सोमबार केराबारी गाउँपालिकाको मच्छिन्द्र चोकदेखि १३ जना सम्मिलित हाइकिङ टोलीले केराबारी–७ मुगुमा रहेको किराँत माङ्हिम, गोकुलटार, केराबारी–६ को बिमिरे हुँदै राङ्चा पुगेर पुनः मच्छिन्द्र चोकसम्मको यात्रा गरेको थियो ।

व्यक्तिगत स्वास्थ्यसँगसँगै केराबारीको पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने हेतुले यो अभियान केराबारी हाइकर्सको परिकल्पनामा शुरु गरिएको ठकुरी बताउनुहुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top