सवा २ प्रतिशतभन्दा बढी बढेको नेप्सेमा पौने १० अर्बको कारोबार

विराटचोकः बजार खुलेदेखि नै उकालो लागेको शेयर बजार निरन्तर उकालो लाग्दै २ दशमलव ३३ प्रतिशतले बढेको छ । ६२ दशमलव ५४ अङ्क बढेर २७३८ दशमलव ०६ बिन्दुमा पुगेको नेप्सेमा आज ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँको शेयर किनबेच भएको छ । नेप्सेमा सूचीकृतमध्ये ३२५ वटा कम्पनीको २ करोड २४ लाख ७४…

Read More

गोठगाउँका कमल माझी उपचारपछि घर फिर्ता

गोठगाउँः आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा र उपचारको क्रममा अस्पतालमा उपचार खर्च तिर्न समस्या परेका सुन्दरहरैंचा ७ का कमल माझी उपचारपछि आज घर फर्किनुभएको छ । उहाँको उपचारमा समस्या भएपछि नेपाली कांग्रेसले युवा नेता अर्जुन गजुरेलको संयोजकत्वमा कमल माझी बचाउ अभियान सञ्चलन गरेको थियो । सो अभियानअन्तर्गत नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई सहयोगको अपिल…

Read More

सहकारी बैंकले दियो सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकलाई क्षमता अभिवृद्धि तालिम

विराटचोकः राष्ट्रिय सहकारी बैंक सुन्दरहरैंचा शाखाले सहकारी ज्ञान तथा मार्गदर्शन शृङ्खला २ अन्तर्गत सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरुलाई क्षमता अभिवृद्धिसम्बन्धी २ दिने तालिम दिएको छ । भोलि समापन हुने तालिममा ३३ जना सहभागी छन् । मोरङका सुन्दरहरैंचा, केराबारी, कानेपोखरी, लेटाङ र बेलबारीका सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूलाई तालिम दिइएको हो । सहकारीको अवधारणा,…

Read More

विराटचोकमा भयो गणेशबाबु अधिकारीको उपन्यास ‘रेजा’माथि विमर्श

खेमचन्द्र अधिकारी विराटचोकः साहित्यकार गणेशबाबु अधिकारीद्वारा लिखित उपन्यास ‘रेजा’माथि विमर्श कार्यक्रम मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा शनिबार  सम्पन्न भएको छ । राइडर्स महफिल सुन्दरहरैंचाले आयोजना गरेको कार्यक्रमको सहजीकरण साहित्यकार तथा सञ्चारकर्मी विवेक विवश रेग्मीले गर्नुभएको थियो । पुस्तकमाथि चर्चा गर्दै महेन्द्र बहुमुखी क्याम्पस धरानकी प्राध्यापक डा. अस्मिता बिष्टले कृतिको महत्वपूर्ण पक्ष नै कृतिको विषयवस्तु रहेको बताउनुभयो ।…

Read More

कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी निवासबाटै पक्राउ, काठमाडौं पठाइँदै

विराटनगरः मानव बेचबिखन आरोपमा कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी आज विराटनगरस्थित आफ्नै निवासबाट पक्राउ परेका छन् । उनलाई काठमाडौं पठाइएको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको हो । उनको कामको आलोचना भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । शनिबार एमालेको कोशी प्रदेश…

Read More

सुनको भाउ ५०० रुपैयाँ घट्यो, चाँदीको २० रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ५ सय रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६६ हजार रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९६० रुपैयाँ रहेको छ ।…

Read More

आज किरात महागुरु फाल्गुनन्द जयन्ती, कोशी प्रदेशमा सार्वजनिक बिदा

विराटचोकः किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । वि.सं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गर्नुभएको थियो । जसलाई सत्य धर्म…

Read More

कोशी प्रदेशमा तीन खण्डमा स्तरोन्नति हुँदै एसियन राजमार्ग

विराटचोकः पूर्व–पश्चिम राजमार्गलाई लेन थप गरी एसियन राजमार्गको रुपमा विकास गर्ने क्रममा कोशी प्रदेशमा तीन खण्डमा सडकको स्तरोन्नति भइरहेको छ । काँकरभिट्टादेखि लौकहीसम्म एक सय २० किलोमिटर सडकमध्ये ९५ दशमलव ७६ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । सो सडकखण्ड अन्तर्गत शहरी क्षेत्रमा चार लेनको सडकमा तीन मिटर चौडा डिभाइडर दुवैतर्फ सर्भिस लेनगरी ५० मिटर चौडाइ…

Read More
Back To Top