कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी निवासबाटै पक्राउ, काठमाडौं पठाइँदै

विराटनगरः मानव बेचबिखन आरोपमा कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी आज विराटनगरस्थित आफ्नै निवासबाट पक्राउ परेका छन् । उनलाई काठमाडौं पठाइएको छ ।

मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको हो । उनको कामको आलोचना भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा पार्टीको संगठित सदस्यबाट उनलाई निलम्बन गरेको थियो ।

अधिकारीले भने आफूलाई फसाइएको बताउँदै आएका छन् ।

विवादमा परेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीको राजीनामा स्वीकृत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top