कोशी प्रदेशमा तीन खण्डमा स्तरोन्नति हुँदै एसियन राजमार्ग

विराटचोकः पूर्व–पश्चिम राजमार्गलाई लेन थप गरी एसियन राजमार्गको रुपमा विकास गर्ने क्रममा कोशी प्रदेशमा तीन खण्डमा सडकको स्तरोन्नति भइरहेको छ ।

काँकरभिट्टादेखि लौकहीसम्म एक सय २० किलोमिटर सडकमध्ये ९५ दशमलव ७६ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । सो सडकखण्ड अन्तर्गत शहरी क्षेत्रमा चार लेनको सडकमा तीन मिटर चौडा डिभाइडर दुवैतर्फ सर्भिस लेनगरी ५० मिटर चौडाइ हुनेछ । यस्तै अर्धसहरी क्षेत्रमा चार लेनको सडकमा दुवैतर्फ एक लेन थप भई ३३ मिटर चौडा सडक हुने र बाँकी भागमा चार लेनको २४ मिटर चौडा सडक हुने बताइएको छ ।

काँकरभिट्टा–लौकही सडक योजनालाई काँकरभिट्टा–केर्खा सितापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्ड र केर्खा–इटहरीसम्म ५० दशमलव ७६ किलोमिटर पश्चिमी खण्डमा विभाजन गरिएको छ ।

यो आयोजनामा एशियाली विकास बैंकको ८४ दशमलव नौ प्रतिशत ऋण र नेपाल सरकारको १५ दशमलव एक प्रतिशत लगानी रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top