सवा २ प्रतिशतभन्दा बढी बढेको नेप्सेमा पौने १० अर्बको कारोबार

विराटचोकः बजार खुलेदेखि नै उकालो लागेको शेयर बजार निरन्तर उकालो लाग्दै २ दशमलव ३३ प्रतिशतले बढेको छ । ६२ दशमलव ५४ अङ्क बढेर २७३८ दशमलव ०६ बिन्दुमा पुगेको नेप्सेमा आज ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँको शेयर किनबेच भएको छ ।

नेप्सेमा सूचीकृतमध्ये ३२५ वटा कम्पनीको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर १ लाख ६५१ पटक किनबेच हुँदा भदौ ३० गतेपछिकै उच्च कारोबार भएको हो । आज नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । आज जलविद्युत समूह सर्वाधिक ४ दशमलव २६ प्रतिशतले बढेको छ ।

आज सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक ३८ करोड ४ लाख ३७ हजार ८३१ रुपैयाँको शेयर कारोबार भएको छ । समृद्धि फाइनान्स, ङादी ग्रुप पावर, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक शेयर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त, सुपर मादी हाईड्रोपावर, बलेफी हाईड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । बजार बढे पनि समाज लघुवित्तको शेयरमूल्य ४ दशमलव ८६ प्रतिशतले घटेको थियो ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ५८ अर्ब ८६ करोड ६५ लाख ९० हजार ३८६ रुपैयाँ कायम भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top