इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थामा गोपालप्रसाद पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति

विराटचोकः इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्था सुन्दरहरैंचामा गोपालप्रसाद पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ ।

यही कात्तिक २१ गते निर्वाचन समिति संयोजक गणेशप्रसाद दाहालद्वारा जारी उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्षमा गोपालप्रसाद पौडेल, उपाध्यक्षमा योगराज काफ्ले, सचिवमा सन्तोष वान्तवा र कोषाध्यक्षमा सुशीला सुवेदी सर्वसम्मत चयन हुनुभएको छ ।

सञ्चालक समिति सदस्यहरूमा सोमराज गुरागाई, राजाबाबु सुवार, विष्णु प्रसाई, अर्जुन गजुरेल, तारामान पौडेल, गोविन्दबहादुर थापा र विन्दुकुमारी भट्टराई चयन हुनुभएको छ ।

लेखा समिति संयोजकमा गंगाराम फुयाल तथा सदस्यमा खेम कट्टेल र निर्मला गौतम चयन हुनुभएको छ ।

नयाँ सञ्चालक समितिले कात्तिक २९ गते हुने २४ औं वार्षिक साधारणसभापछि कार्यभार सम्हाल्ने संस्थाका अध्यक्ष रामप्रसाद गजुरेलले जानकारी दिनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top