मोरङकी आराधना पुडासैनी राप्रपाको पर्यटन विभाग सदस्यमा मनोनित

विराटचोकः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य–सचिव तथा सदस्य मनोनयन गरी दुई विभागलाई पूर्णता दिनुभएको छ । पर्यटन विभाग सदस्यमा मोरङकी आराधना पुडासैनी मनोनित हुनुभएको छ ।

सहायक महामन्त्री विजय खड्का प्रमुख रहेको पर्यटन विभागको सदस्य–सचिवमा पर्यटन व्यवसायी गणेश रिमाल (धादिङ) मनोनित हुनुभएको छ । मनोनित हुने सदस्यहरुमा आराधना पुडासैनी (मोरङ), निर्मला इजम (ताप्लेजुङ), सांसद आशा लामा (काठमाडौं), अर्जुन खनाल (कास्की), रामप्रसाद सापकोटा (धादिङ), रिना खड्का (काभ्रेपलाञ्चोक) र सुशील पन्त (गोरखा), तीर्थराज सुवेदी (कास्की), मेरिना श्रेष्ठ (सल्यान), कमल रिमाल (काठमाडौं), किशोर खड्का (बझाङ), दावाकिपा शेर्पा (स्वीट्जरल्याण्ड प्रवास), मेघनाथ आचार्य (रुपन्देही) र सगरमाथा आरोही दावा छिरी शेर्पा (दोलखा) हुनुहुन्छ ।

त्यस्तै, पार्टीका वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रमुख रहेको स्थानीय तह परिचालन विभागमा केन्द्रीय सदस्य भरत पाठक (नुवाकोट) लाई विभागको सदस्य–सचिवमा मनोनयन गरिएको छ ।

सो विभागको सदस्यहरुमा सहायक महामन्त्री ताहिर अली (रुपन्देही), केन्द्रीय सदस्य रामहरि थापा (भक्तपुर), केन्द्रीय सदस्य तीर्थराज चटौत (कञ्चनपुर), केन्द्रीय सदस्य देवकुमारी पराजुली (स्याङ्जा) र केन्द्रीय सदस्य विनोद भारती (बारा) रहनुभएको छ ।

अध्यक्ष लिङ्देनले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा दुवै विभागका सदस्य–सचिव तथा सदस्यलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top