इन्द्रपुर सहकारीको साधारणसभा हरेक वर्ष संस्था स्थापना दिवसको दिन हुने

विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा रहेको इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा अबदेखि हरेक वर्ष संस्थाको स्थापना दिवसको दिन हुने भएको छ । संस्थाले यस वर्ष पनि हिजो स्थापना दिवसको दिन नै साधारणसभा गरेको थियो ।

तिहारको टीकाको दिन प¥यो भने मात्रै स्थापना दिवसको दिन साधारणसभा नगर्ने तर सामान्य अवस्थामा भने हरेक वर्षको कात्तिक २९ गते साधारणसभा गर्ने संस्थाले जनाएको हो ।

बिहीबार सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँको प्रमुख आतिथ्यतामा भएको संस्थाको २४ औँ साधारणसभाले गोपाल पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति पनि चयन गरेको छ । साधारणसभामा सञ्चालक समितिका पूर्व अध्यक्ष चुडामणि तिम्सिना, कोशी प्रदेशका पूर्व राज्यमन्त्री राजकुमार ओझालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष रामप्रसाद गजुरेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव सूर्य अधिकारीले गर्नुभएको थियो ।

थप समाचार

इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थामा गोपालप्रसाद पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top