राजनीतिभन्दा पर सहकारीलाई राख्नुपर्छः सहकारी संस्था दुलारीका सल्लाहकार भक्तिप्रसाद सिटौला

दुलारीः सहकारीलाई राजनीतिभन्दा पर राखेर सञ्चालन गर्नुपर्ने सहकारी अभियन्ता भक्तिप्रसाद सिटौलाले बताउनुभएको छ । सहकारी संस्था लि. दुलारीको ३३ औँ साधारणसभालाई सम्बोधन गर्नुहुँदै उहाँले पहिले राजनीति तथा पक्ष र विपक्षको अहमताले गर्दा सो सहकारी समस्यामा परेको बताउनुभयो ।

‘किसानलाई आवश्यक पर्ने मल, बीउ आदि दिन सकोस्’, उहाँले भन्नुभयो, ‘त्यसो भयो भने सहकारीप्रति विश्वास बढ्छ ।’

खराब कर्जाका कारण संस्था साढे १९ लाख रुपैयाँ घाटामा भए पनि आगामी साधारणसभामा खराब कर्जा शून्य हुन सकोस् भन्ने उहाँको धारणा थियो । पूर्वजहरुले जुन सपना देखेर यो सहकारी स्थापना गर्नुभएको थियो सो सपना पूरा गर्न अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top