३ पैसा बढेर डलरको भाउले आज फेरि बनायो उच्च मूल्यको कीर्तिमानी

विराटचोकः आज अघिल्लो कीर्तिमानी बिन्दुभन्दा ३ पैसा र हिजोको विनिमयदरभन्दा ५ पैसा बढेर अमेरिकी डलर हालसम्मकै महँगो भएको छ ।

कात्तिक ३० गते अमेरिकी डलरको भाउ १३५ रुपैयाँ ३४ पैसा पुगेर नयाँ रेकर्ड बनिएको थियो । आज सो भाउभन्दा ३ पैसा बढेर एक अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा पुगेको हो । हिजोभन्दा डलरको भाउ ५ पैसा बढेको हो । हिजो १ अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ३२ पैसा थियो ।

डलरको भाउ महंगिदै जाँदा आयात झनै महँगो हुनेछ । आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ । यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्न पुग्छ ।

उता, पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई भने फाइदा हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top